संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ देउरालीमा तमोर नदीले मोटरसाईकल बगाएको छ । सहिदभूमी–१ गोपालपुरबाट सहिदभूमी–२ पिलियाटारतर्फ जाँदै गरेको को.३८ प.८०७९ नम्बरको मोटरसाईकल दुर्घटना भएर तमोर नदीमा खसेको हो ।

Advertisement

दुर्घटनामा परी मोटरसाईकल चालक थामबहादुर राई सामान्य घाईते भएका छन् । बर्षाका कारण देउरालीस्थित सडकमा पहिरो खसेको थियो । पहिरोले सडकको अधिकांस भाग पुरेको छ । पहिरो खसेको ठाउँबाट पार गर्ने क्रममा २२० सीसीको पल्सर मोटरसाईकल लडेर तमोर नदीमा खसेर बेपत्ता भएको हो । तमोरमा खसेको मोटरसाईकल हालसम्म पनि फेला परेको छैन ।

मोटरसाईकल पल्टिएर करिव १ सय मिटर तल तमोर नदीमा पुगेको भएपनि चालक राई भने झाडीमा अल्झिएर जोगिएको स्थानीय डीगबहादुर राईले संगालोखबरलाई जानकारी दिए । ‘मोटरसाईकल पल्टिएर नदीमा खस्दा बेपत्ता भएको छ ।’ उनले भने–‘मान्छे चै झाडीमा अल्झिएकाले धन्न जोगिए ।’

पहिरो हटाएर सडक चाडै खुलाउँछौ : अध्यक्ष राई

यसैबीच देउरालीमा पहिरोका कारण अवरुद्ध रहेको सडक चाडै खुलाईने सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले बताएका छन् । उनले भने–‘सडकको अवस्था हेर्नका लागि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टोली देउराली गएको छ । अब चाडै पहिरो पन्छाएर सडक खुलाउँने व्यवस्था मिलाउँछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!