महालक्ष्मी नगरपालिकाको बजेट ५८ करोड
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि महालक्ष्मी नगरले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको हो ।
अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बजेट ल्याएको महालक्ष्मी नगरले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पुर्याएको हो । संघीय सरकार र प्रदेश सरकार...































