पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

झापा । झापामा पानी जमेको खाल्डोमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ कंचनवारीका श्याम कुमार टुडुकी साढे १ बर्षीया छोरी अनुसाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । दिउँसो पौने ३ बजे घरमै खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालिका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर । बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट २२ बोतल लागुऔषध कोरेक्ससहित स्थानीय १९ बर्षीय सुधिर पासवानलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका पासवानको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा भारतको पश्चिम बङ्गाल घर भएका चालक २७ बर्षीय सञ्जय बरमनको मृत्यु भएको हो । मानेभञ्ज्याङबाट थाक्लेतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बरमन गम्भीर घाईते भएका थिए । ...
सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । ईटहरी–८ खोलाटोलीस्थित भित्रि सडक खण्डमा को.३९ प.५५७२ नम्बरको मोटरसाईकलको ठक्करबाट सुनसरी ईनरुवा–७ का ३५ बर्षीय मोहमद नजुन मियाको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट साईकलयात्री मोहमदको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तमोर नदीले बगाउँदा तीन जना बेपत्ता

तमोर नदीले बगाउँदा तीन जना बेपत्ता

धनकुटा । तेह्रथुम र ताप्लेजुङका तीन जनालाई तमोर नदीले बगाएको छ । तेह्रथुमका दुई र ताप्लेजुङका एक जनालाई सोमबार दिउँसो नदीले बगाउँदा बेपत्ता भएका हुन् । दिउँसो ३ बजे साथीहरुसँग तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोरले बगाएको हो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका उनीहरुको खोजी भईरहेको भएपनि हालसम्म फेला नपरेको प्...
धरानबाट १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरानबाट १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत १३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । झापा र मोरङका १५ देखि ४१ बर्षसम्मका पुरुषहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुँनेमा मोरङका १२ र झापाका एक जना छन् । उनीहरु जेठ २८ र ३१ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरि...
पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरेमा आज मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । पथरीशनिश्चरेस्थित भित्री सडक खण्डमा बिहान साढे ९ बजे बा.६९ प.७४५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकलमा सवार पथरीशनिश्चरे–१० का ६० बर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट टाउकोसहित बिभिन्न भागमा चोट लाग्दा खड्का गम्भीर घाईते भएका थिए । उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पताल लगिएका उनको दिउँ...
भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा

भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्। काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए। उनले भने “...
सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । कोशी–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट भारत सुपौल ग्राम पंचायत–१ का २० बर्षीय लक्ष्मणकुमार पासवान र १९ बर्षीय अर्जुनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा कालो प्लाष्टिकमा लु...
बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । बिराटनगरमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ओल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा बुढीगंगा–५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको मृत्यु भएको हो । दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि बिराट नर्सिङ होम पुर्याईएको थियो । उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भएको...
पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

धनकुटा । संखुवासभाको मकालु गाउँपालिकास्थित ओयाङ्गमा पहिरो जाँदा नदी थुनिएर जोखिम भएकाले अरुण नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीहरुलाई अपिल गरेको छ । प्रशासन कार्यालयले आज दिउँसो सूचना जारी गर्दै अरुण नदीसँग जोडिएका धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाबासीलाई यस्तो अपिल गरेको हो । ‘नदी तटिय क्षेत्रमा बसोबास गर्न...
संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

संखुवासभा । संखुवासभाको ओयाङ्गमा आज बिहान पहिरो खस्दा अरुण नदी थुनिएको छ । बिहान करिव साँढे ९ बजे मकालु गाउँपालिका–२ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । पहिरोले नदी थुनिएर आंशिक रुपमा मात्र पानी बगेकाले अहिले सो क्षेत्रमा पानी जमेर ड्याम बनेको छ । ड्याम फुटेमा क्षति पुर्याउँनसक्ने भएकाले नदी आसपास क्षेत्रका बस्ती हटाउँन थालिएको संखुवासभाका डिएस्पी नवराज मल्लले संगाल...
धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला

धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा एकैदिन दुई जना मृत फेला परेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा बालिका र वडा नं.३ मा महिलाको शव फेला परेको हो । पाख्रीवास–८ मार्सेडाँडाका तेजबहादुर भट्टराईकी १४ बर्षीया छोरी नेत्रकुमारीको शव घर भन्दा करिव ७ सय मिटर पर सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । घाँटीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्त...
एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला

एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला

इलाम । इलाममा शुक्रबार रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ मावाटोल स्थित रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । स्थानीय २७ बर्षीय बिशाल राई र उनकी भाउजू २६ बर्षीया गिता राईको शव रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु घरमा कसैलाई नसोधी हिडेका थिए । बिहिबार बिहान घरबाट निश्किएका देवर भाउजू घर नफर्किएपछि खोजी गर्ने क...
धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने

धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने

धनकुटा । धनकुटामा शनिवार (भोली) दिउँसो विद्युत अवरुद्ध हुँने भएको छ । शनिवार ७ घण्टा विद्युत अवरुद्ध गरेर विद्युत प्राधिकरणले धरान–धनकुटाको विद्युत लाईन मर्मत गर्न लागेको हो । ३३ केभी विद्युत लाईन वरपरका रुखका हाँगाविगा, झाडी कटान तथा लाईनको जम्पर कस्ने र डिक्स पिन बदल्नुपर्ने भएकाले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोट...
भोजपुरमा पेस्तोल र सकेट बम भेटियो

भोजपुरमा पेस्तोल र सकेट बम भेटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ ताबुमा पेस्तोलसहित बिष्फोटक पदार्थ फेला परेको छ । ईलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तिमा खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो । टहरोमा लुकाएर राखिएको अवस्थामा पेस्तोलसहित बिस्फोटक पदार्थ फेला परेको हो । बरामद भएको सकेट बम नेपाली सेनासँगको समन्वयमा डिस्पोज गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले...
तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ

तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ

  तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट भरुवा बन्दुकसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको पाईएपछि स्थानीय २२ बर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाएर राखेको सुचना पाएपछि प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बिहान पौने १० बजे उनलाई पक्राउ गरेको हो । तामाङको घरबाट भरुवा बन्दुक पनि बरामद भएको जि...
साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षहरुद्वारा तालाबन्दी

साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षहरुद्वारा तालाबन्दी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखाको कार्यकक्षमा आज वडाध्यक्षहरुले तालबन्दी गरेका छन् । आर्थिक बर्ष २०७७/७८ का लागि वडामा बजेट घटाउँन खोजेको भन्दै तीन वटा वडाका अध्यक्षहरुले याखाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चालु आर्थिक बर्षमा गाउँपालिकाले १० वटै वडाहरुमा प्रति वडा ५० लाखका दरले वजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक बर्षका लागि बजेट घटाएर प्रति वडा २० ल...
पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्यो : प्रदेश सांसद संग्रौला

पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्यो : प्रदेश सांसद संग्रौला

बिराटनगर । प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् । ‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा मात्र काम बन्ने प्रवृति बढेको छ ।’ कृषकको उदाहर...
धनकुटामा ५ सय कैदीबन्दी अट्ने कारागार बनाउँन प्रदेश सांसद सुब्बाको माग

धनकुटामा ५ सय कैदीबन्दी अट्ने कारागार बनाउँन प्रदेश सांसद सुब्बाको माग

बिराटनगर । ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागार धनकुटामा बनाउँन प्रदेश सांसद लिला सुब्बाले माग गरेकी छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटका बिषयमा छलफलका लागि बिहिबार आयोजित प्रदेश सभाको बैठकमा बोल्दै सांसद सुब्बाले यस्तो माग गरेकी हुन् । कारागार बनाउँन यस अघि बजेट आएको भएपनि स्थानीय, प्रदेश र केन्द्र सरकारले लदारुकता नदेखाउँदा हालसम्म पनि निर्माण हुँन नस...
नुहाउँने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

नुहाउँने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको गढी गाउँपालिकामा नुहाउँने क्रममा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । गढी गाउँपालिका–७ का गणेश अधिकारीको घरमा बस्दै आएकी सिरहाकी १३ बर्षीया नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको हो । उनी बुधवार दिउँसो साँढे ४ बजे घर नजिकैको बनाल खोलामा नुहाउन गएका थिईन् । नुहाउँने क्रममा खोलामा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदपु...
झापाको कन्काईमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

झापाको कन्काईमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

झापा । झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । जंगली च्याउको तरकारी पकाएर खाँदा ४० बर्षीया बेनुका लम्साल, उनका छोरा २१ बर्षीय बिपिन र १९ बर्षीय सौरब बिरामी भएका हुन् । उनीहरुले बुधवार बिहानको खानामा जंगली च्याउको तरकारी खाएका थिए । बिरामी भएका तीनै जनाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु

बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु भएको छ । घरमा टिनको छाना लगाउँने क्रममा लड्दा बराहक्षेत्र नगरपालिका–३ का २३ बर्षीय शुशिल मेहेताको मृत्यु भएको हो । बराहक्षेत्र–८ चौफालाकी फुलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा बुधबार साँझ करिव साँढे ५ बजे छानाबाट लड्दा मेहेता गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएक...
धनकुटामा बालिकामाथि यौन शोषणको आरोप लागेका चारै जना पुर्पक्षका लागि थुनामा

धनकुटामा बालिकामाथि यौन शोषणको आरोप लागेका चारै जना पुर्पक्षका लागि थुनामा

धनकुटा । धनकुटाकी दलित बालिकामाथि यौन शोषणको आरोप लागेका चार जनालाई जिल्ला अदालत धनकुटाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई पटक–पटक यौन शोषण गरेको किटानी जाहेरी परेपछि धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारी, गौरी अत्री, भीमनार...
धनकुटामा हिड्दा हिड्दै बेहोस भएर बृद्धको मृत्यु

धनकुटामा हिड्दा हिड्दै बेहोस भएर बृद्धको मृत्यु

धनकुटा । धनकुटामा हिड्दा हिड्दै बेहोस भएर एक बृद्धको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ बर्षीय रनबहादुर राईको मंगलबार दिउँसो सहिदभूमी–१ स्थित त्रिवेणीमा मृत्यु भएको हो । मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित तीन जना फर्कदै गर्दा बाटोमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । सुन्दरहरैं...
एउटै खुकुरीको मूल्य ६० हजार !

एउटै खुकुरीको मूल्य ६० हजार !

बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् । विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...
सुनसरीमा प्रहरीको नाममा ठगी, रकम असुली गर्ने एक जना पक्राउ

सुनसरीमा प्रहरीको नाममा ठगी, रकम असुली गर्ने एक जना पक्राउ

सुनसरी । सुनसरीको हरिनगरमा प्रहरीको नाममा एक युवाले स्थानीय व्यापारीबाट रकम असुली गरेको पाईएको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियाले रकम असुली गरेको पाईएको हो । मियाले हरिनगर गाउँपालिका–२ का व्यापारीहरुलाई डर त्रास देखाई गैरकानूनी रुपमा रकम असुली गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी भुटाहाबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्...
धनपालथानबाट सुर्तिजन्य पदार्थ बरामद

धनपालथानबाट सुर्तिजन्य पदार्थ बरामद

मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ बाट आज ९० हजार भन्दा बढीको अबैध सुर्तिजन्य पदार्थ बरामद भएको छ । सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान करिव ६ बजे सुर्तिजन्य पदार्थ बरामद गरेको हो । सुर्तिजन्य पदार्थ ओसारपसारमा संलग्न स्थानीय २० बर्षीय अमर शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुर्तिजन्य पदार्थसहित शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शाहलाई पक्राउ गरी उनको कारोबार...
धनकुटा नगरले व्यवसायीलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने

धनकुटा नगरले व्यवसायीलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने

धनकुटा । धनकुटा नगरपालिकाले उद्यमी, व्यवसायीहरुलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने भएको छ । लकडाउनले पारेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले उद्योग, व्यापार, व्यवसाय र यातायात क्षेत्रसम्बद्ध उद्यमी, व्यावसायीलाई सहुलियत दिने निर्णय गरेको हो । व्यवसाय कर, बहाल कर, भाडा, ठेक्का शुल्क, सरसफाई शुल्क र सवारी पार्किङ ठेक्का शुल्कमा छुट दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अ...
साँगुरीगढीको तीन ठाउँमा पहिरो, भेडेटार–राजारानी सडक अवरुद्ध

साँगुरीगढीको तीन ठाउँमा पहिरो, भेडेटार–राजारानी सडक अवरुद्ध

धनकुटा । बर्षासँगै खसेको पहिरोका कारण धनकुटाको भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि परेको अबिरल बर्षासँगै तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान ६ बजेदेखि अवरुद्ध भएको सडक साँझसम्म पनि खुल्न सकेको छैन । साँगुरीगढी–५ स्थित कुईभिर, दानसिन भीर र लुम्फाजुङमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि मालबाहक सवारी साधन बाटोमै रोकिएका छन् । जेसिवी प्रयोग गरेर सडक खुलाउँने प्रयास भ...
गाउँपालिका अध्यक्ष शेर्पाको निधन

गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ । क्यान्सरपीडित ३९ बर्षीय अध्यक्ष शेर्पाको बिहान करिव साँढे ८ बजे निधन भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टसील्हामु शेपाले मृत्युको पुष्टि गरेकी छन् । संगालोखबरसँग उनले भनिन्–‘११ महिना अघिदेखि उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । घरमै आराम गरेर बसीरहेका बेला आज बिहान उहाँको ...
error: Content is protected !!