
बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ का हरी सुवेदीको घरमा आगलागी भएको छ । बिहान करिव ३ बजे लागेको आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट घर नष्ट हुँदा करिव १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ तोला सुन र ४० हजार नगदसमेत जलेर नष्ट भएको छ ।
यसैवीच आगलागीपीडित सुवेदी परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । आगलागीपीडित सुवेदीको परिवारलाई लताकपडा, खाद्यान्न, भाडा लगायत सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए ।