- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकेर पनि फरार रहेका दुई जनालाई उदयपुर प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको २०७० भदौ १८ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाईएका दुई अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २५ बर्षीय अनुप खड्का र चौदण्डीगढी नगरपालिका–६ का २२ बर्षीय नाप्सु आले छन् । फरार रहेका उनीहरुको खोजी भईरहेको थियो । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!