धनकुटा । जननेता मदन भण्डारीको जन्म जयन्ती र राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आईतबार धनकुटाको चौबिसे गाउँपालिका–७ मौनाबुधुकमा बृक्षारोपण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अगुवाईमा बृक्षारोपण गरिएको हो ।
मौनाबुधुक क्याम्पस र स्कूल परिसरमा ६६ वटा विरुवा रोपिएको अनेरास्ववियूका नेता प्रकाश गिरीले जानकारी दिए । उनका अनुसार सुन्तलाका ५३ वटा र एबोकार्डोका ११ वटा विरुवा रोपिएको हो ।