संगालोखबर सम्बाददाता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement

काठमाडौंबाट रड बोकेर सोलुको बेनीतर्फ जाँदै गरेको बा.३ ख.९६ नम्बरको ट्रक बिहान साँढे ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!