धनकुटामा बाढी पहिरोले जताततै क्षति : पाँच परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

धनकुटामा बाढी पहिरोले जताततै क्षति : पाँच परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् । बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई परिवारलाई स्थानान्तरण गरिएको छ । नदीको सतह बढ्दै गएर जो...
तेह्रथुममा खोला तर्ने क्रममा बगाउँदा श्रीमतिको मृत्यु, श्रीमान सकुशल

तेह्रथुममा खोला तर्ने क्रममा बगाउँदा श्रीमतिको मृत्यु, श्रीमान सकुशल

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिकामा खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ । दिउँसो करिब १२ बजे ढाडे खोलाले बगाउँदा लागिगुँरास–९ की ३६ बर्षीया अञ्जना लिम्बुको मृत्यु भएको हो । श्रीमानसँगै जिरिखिम्तीबाट छथरस्थित माईती घर जाँदै गर्दा खोला तर्ने क्रममा अञ्जनालाई खोलाले बगाएको हो । श्रीमानसँगै खोला तर्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । तर, श्रीमान भने खोला तरेर निस्किन सफ...
बिराटनगरबाट लागुऔषधसहित तीन जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित तीन जना पक्राउ

बिराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । भारतको अररिया जोगमनीका १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दासलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगरसहित पक्राउ ग...
नोबेलमा सुरु भयो स्त्रीजन्य क्यान्सरको अप्रेशन

नोबेलमा सुरु भयो स्त्रीजन्य क्यान्सरको अप्रेशन

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.ग...
ईटहरी प्रहरीद्वारा हराएका र चोरी भएका २० थान मोवायल फिर्ता

ईटहरी प्रहरीद्वारा हराएका र चोरी भएका २० थान मोवायल फिर्ता

सुनसरी । ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका र चोरी भएका २० थान मोवाईल फेला पारेर सम्बन्धित मोवायल धनीलाई आईतबार फिर्ता दिएको छ । यसै महिना हराएका वा चोरी भएका करिव ५ लाख ९४ हजार मुल्य बराबरका २० थान मोवायल सेट प्रहरीले फेला पारेर फिर्ता दिएको हो । मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनेर उजुरी आउँने गरेको छ । सोही उजुरीका आधारमा खोजतलास गरी मोवायल फेला पारेर सम्बन्धित धनीलाई फिर्त...
उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बाट लागुऔषधसहित सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राँगालाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते

राँगालाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते

झापा । झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे.१० प.९८२६ नम्बरको मोटरसाईकल कमल गाउँपालिका–३ केर्खामा दुर्घटना हुँदा झापाका २७ बर्षीय प्रदिप लम्सालको मृत्यु भएको हो । शनिवार राती सवा १२ बजे सडकमा उभिरहेको राँगालाई मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक लम्साल घाईते भएका थिए । घाईते लम्साललाई उपचारका लागि अस्पताल लैजाने क्रममा...
मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने

मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने

बेलबारी । मोरङको उत्तरी क्षेत्रका ६ वटा पालिकाले संयुक्त रुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापन गर्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका तथा कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तीन वटा योजना अघि बढाएका हुन् । लिभ्रा टेक्नोलोजि कम्पनीसँगको सहकार्यमा फोहोरवाट मोहोर बनाउने, सोलारबाट बिधुत उत्पादन गर्ने र दमकलको व्यवस...
धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने

धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने

धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मिृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मिृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटि धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको ने...
बरण्डाबाट लडेर एक जनाको मृत्यु

बरण्डाबाट लडेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा गएराती घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बरण्डाबाट लड्दा बेलबारी–१ का ३५ बर्षीय राजकुमार धितालको मृत्यु भएको हो । राती करिव ९ बजे आफनै घरको बरण्डाबाट लडेर धिताल बेहोस भएका थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित नोवेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिब सवा १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी

धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउँन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले ज...
बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१२ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १० बोतल DIALEX DC र २० ट्याबलेट NITRAVET  चक्कीसहित आज दिउँसो साँढे १२ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ बर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय सुनाएर पनि फरार रहेका त्रियुगा नगरपालिका–६ का ३३ बर्षीय देव राईलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले २०७१ साउन १७ गते जबरजस्ती करणी मुद्धामा राईलाई ५ बर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए । उनलाई आज बिहान करिब ११ बजे पक्राउ गरेर तोकिएको सजाय भु...
३ बर्षे बालकको शव कुलोमा

३ बर्षे बालकको शव कुलोमा

मोरङ । मोरङको केरावारी गाउँपालिका–७ मा ३ बर्षे बालकको शव कुलोमा भेटिएको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई केरावारीस्थित मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन मृत फेला परेका हुन् । घर नजिकै रहेको पानीको कुलोमा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । बिहिवार राती साँढे ९ बजे बालक कुलोमा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली घटनास्...
सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको ट्रान्समिटरको पोलमा नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा देवानगंज–२ मुसरी टोलका २० बर्षीय महबुज अन्सारीको मृत्यु भएको हो । बिहिबार साँझ ५ बजे बिजुलीको ट्रान्समिटरको पोलमा चढेर नेटको तार जोड्ने क्रममा करेन्ट लागेर अन्सारी वेहोस भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्याईएका उनकोे साँझ करिव ६ बजे मृत्य...
खोलाले बगाउँदा बृद्धको मृत्यु

खोलाले बगाउँदा बृद्धको मृत्यु

झापा । झापाको अर्जुनधारामा खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा अर्जुनधारा–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । बुधवार साँझ साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्किदै गर्दा बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा बस्नेतलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका बस्नेतको खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६ सय मिटर तल उनक...
धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटा । नेपाल टेलिकमको सर्भर ह्याक गरी अबैध कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धनकुटामा कार्यरत एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर दिवाकर देउजालाई सिआईबीको टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीको टोलीले धनकुटाको पाख्रीवास नगरपालिका–५ घर भएका २५ बर्षीय देउजालाई शहरी विकास कार्यालयबाट नियन्त्रणमा लिएको धनकुटाका प्...
धनकुटामा पुनः थपिए कोरोना संक्रमित

धनकुटामा पुनः थपिए कोरोना संक्रमित

धनकुटा । धनकुटाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–७ जीतपुरका २४ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोराना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले जानकारी दिए । २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको थियो । परीक्षणका क...
धनकुटामा बिदेशबाट आएका तीन जनामा भेटियो कोरोना संक्रमण

धनकुटामा बिदेशबाट आएका तीन जनामा भेटियो कोरोना संक्रमण

धनकुटा । बिदेशबाट आएका धनकुटाका तीन पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई र सहिदभूमी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षण गर्दा छथर जोरपाटी–३ का ३८ बर्षीय पुरुष, छथर जोरपाटी ६ का ३९ बर्षीय पुरुष र सहिदभूमी–२ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गरी पठाईएका ३२ जनाको धरानस्...
धनकुटाका दुई सरकारी कार्यालयमा निर्माण व्यवसायीद्वारा तालाबन्दी

धनकुटाका दुई सरकारी कार्यालयमा निर्माण व्यवसायीद्वारा तालाबन्दी

धनकुटा । निर्माण व्यवसायीहरुले धनकुटाका दुई सरकारी कार्यालयमा आज तालाबन्दी गरेका छन् । निर्माण सम्पन्न भएका कामको भुक्तानी नदिएको भन्दै व्यवसायीहरुले शहरी बिकास तथा भवन निर्माण कार्यालय र प्रदेश लेखा इकाई कार्यालयमा ताला लगाएका हुन् । निर्माण सम्पन्न भएका कामको असार मसान्तभित्र भुक्तानी दिईसक्नुपर्ने भएपनि भुक्तानी रोकेकाले तालाबन्दी गरिएको निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य यज्ञप्रसाद ख...
धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पोखरीमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । सिचाईका लागि निर्माण गरिएको पोखरीमा डुब्दा चौबिसे–२ की ३२ बर्षीया सरस्वती मगरको मृत्यु भएको हो । चौबिसे–२ मा सिचाईका लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा बिहान करिब ९ बजे मगर डुबेकी हुन् । हिड्दै गर्दा चिप्लिएर पोखरीमा खसेकी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीयबासीले घट...
संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।
झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चा...
कृषकलाई मकै रोप्ने मेसिन प्रदान

कृषकलाई मकै रोप्ने मेसिन प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिनसहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उ...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ गरेका छन् । दमक नगरपालिका–१ बाट गएराती ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । ४९.१ ग्राम लागुऔषध ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ बस्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ का १६ बर्षीय रोहन राई पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ...
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ईलाम । ईलाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । खेत जोतेर फर्कदै गरेको मे.१ त.७४४० नम्बरको ट्याक्टर माई नगरपालिका–१ पालटारमा दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २१ बर्षीय सुजन बिश्वकर्मा र ११ बर्षीय नितेश गिरीको मृत्यु भएको हो । त्यस्तै ट्याक्टरमा सवार १९ बर्षीय समिर बिश्वकर्मा घाईते भएका छन् । झापाको बि.एण्ड.सी. अस्पतालमा उनको उपचार भईरहेको छ । खेत जोतेर फर्...
महालक्ष्मी नगरपालिकाद्वारा कृषकलाई फलफूलका ८ हजार बिरुवा वितरण

महालक्ष्मी नगरपालिकाद्वारा कृषकलाई फलफूलका ८ हजार बिरुवा वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफूलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ । नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफूलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफूल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउँन सघाउने उद्धेश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोका...
भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको पौवादुम्बा गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुब्दा पौवादुम्बा–३ का १८ बर्षीय दिवस राईको मृत्यु भएको हो । राई डुबेको खबर थाहा पाएपछि ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । मिक्लाजुङ–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका दुई जना बिरामी भएका हुन् । बिरामी हुँनेमा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनका छोरा १७ बर्षीय पुर्णबहादुर छन् । बुधवार बेलुकाको खानामा जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी भएका दुबै जनालाई गएराती सवा १२ बजे उपचारका लाग...
ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट रड बोकेर सोलुको बेनीतर्फ जाँदै गरेको बा.३ ख.९६ नम्बरको ट्रक बिहान साँढे ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
एनएमबि लघुवित्तले पायो घरभाडा छुट

एनएमबि लघुवित्तले पायो घरभाडा छुट

संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् । संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका व...
error: Content is protected !!