झापा । झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको मृत्यु भएको हो ।
स्थानीय सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।