- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आईतबार एक दिने बाली उपचार शिविर संचालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र धनकुटाले जीतपुरमा शिविर आयोजना गरेको हो ।

बालीमा लागेको रोग पहिचान गरी उपचार गरेर उत्पादन घट्न नदिने उद्धेश्यले शिविर संचालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

जीतपुर, मारेककटहरे, लेगुवा, मुर्तिढुंगा लगायत क्षेत्रका ५३ जना कृषकले रोग लागेको बाली लिएर शिविरमा आएका थिए । जसमध्ये गोलभेडाको फेद कुहिने र फर्सीको फल कुहिने समस्या बढी पाईएको महालक्ष्मी नगरपालिकाका कृषि प्राविधिक शेखर चापागाईले बताए । उनका अनुसार शिविरमा कृषि बिज्ञहरुले बालीमा लागेको रोग पहिचान गरी जैविक विषादी र मोहिनी पासो वितरण गरिएको छ ।

महालक्ष्मी नगरले यसअघि पनि माटो अनुसारको बाली लगाएर उत्पादन बृद्धि गराउँने उद्धेश्यले माटो परीक्षण शिविर संचालन गरेको थियो । कृषि क्षेत्रलाई लक्षित गरी नगरले बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!