रबिन कटेल
फायल तस्वीर

धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मिृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मिृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो ।

नेकपा जिल्ला कमिटि धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले जानकारी दिए । नेकपा धनकुटाले शनिवार प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुँन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ ।

Advertisement

नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस बिज्ञप्ति जारी गर्दै बृक्षरोपणमा सक्रितापूर्वक सहभागि भई कार्यक्रम सफल पार्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘जिल्ला कमिटिका नेताहरु जुन जुन स्थानमा हुँनुहुन्छ त्यही स्थानको बृक्षरोपणमा सहभागि हुन र पार्टी मातहतका सबै कमिटि, पार्टी सदस्य, समर्थक एवं सुभेच्छुकसमेत कार्यक्रममा सहभागि हुन आग्रह गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement