संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–७ जीतपुरका २४ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोराना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले जानकारी दिए । २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको थियो । परीक्षणका क्रममा ती युवामा संक्रमण भेटिएको हो । संक्रमित युवालाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल पठाइएको छ ।

हिजो पनि धनकुटाको छथर जोरपाटीका दुई र सहिदभूमीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । धनकुटामा यसअघि संक्रमण पुष्टि भएका ८ जना उपचार पश्चात निको भईसकेका छन् ।

धनकुटामा हालसम्म ८ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये १२ जनामा संक्रमण पुष्टि भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!