संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको पौवादुम्बा गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुब्दा पौवादुम्बा–३ का १८ बर्षीय दिवस राईको मृत्यु भएको हो ।

राई डुबेको खबर थाहा पाएपछि ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!