मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । मिक्लाजुङ–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका दुई जना बिरामी भएका हुन् ।
बिरामी हुँनेमा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनका छोरा १७ बर्षीय पुर्णबहादुर छन् । बुधवार बेलुकाको खानामा जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् ।
बिरामी भएका दुबै जनालाई गएराती सवा १२ बजे उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।