Rabin Katel
फाईल तस्वीर

ईलाम । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका दुई जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । माईजोगमाई गाउँपालिका–५ का ६६ बर्षीय लोकबहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

सोमवार राती साँढे ७ बजे माई खोला नजिक रहेको गोठबाट घर फर्कने क्रममा खोलामा बाढी आएर बाटो कटान गर्दा उनीहरु खोलाको बीचमा फसेका थिए । खोला तर्न र फर्कन नसक्दा उनीहरु बीचमै अलपत्र परेका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट प्रहरी टोली घटनास्थल गएर उनीहरुलाई उद्धार गरेको हो । डोरीको सहायताले राती करिब १० बजे उनीहरुलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement