संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको देवानगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको ट्रान्समिटरको पोलमा नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा देवानगंज–२ मुसरी टोलका २० बर्षीय महबुज अन्सारीको मृत्यु भएको हो ।

बिहिबार साँझ ५ बजे बिजुलीको ट्रान्समिटरको पोलमा चढेर नेटको तार जोड्ने क्रममा करेन्ट लागेर अन्सारी वेहोस भएका थिए ।

Advertisement

उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्याईएका उनकोे साँझ करिव ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!