संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिनसहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए ।

कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ ।

परम्परागत कृषि खेती प्रणालीले श्रम बढी र उत्पादन कम हुने भएकाले कृषकहरुको आयआर्जनमा बृद्धि गर्दै आधुनिक खेतीतर्फ उन्मुख गराउन अहिले स्थानीय तहहरुले कृषकहरुलाई अत्याधुनिक मेसिनहरु खरिद गरेर वितरण गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!