Rabin Katel

बिराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । भारतको अररिया जोगमनीका १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दासलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगरसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीेले जनाएको छ । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाएका थिए ।

त्यस्तै बिराटनगर–१६ मा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेटसहित पक्राउ गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement