रबिन कटेल
सांकेतिक तस्वीर

मोरङ । मोरङको बेलबारीमा गएराती घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बरण्डाबाट लड्दा बेलबारी–१ का ३५ बर्षीय राजकुमार धितालको मृत्यु भएको हो ।

राती करिव ९ बजे आफनै घरको बरण्डाबाट लडेर धिताल बेहोस भएका थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित नोवेल शिक्षण अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा राती करिब सवा १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement