संगालोखबर सम्बाददाता
फायल तस्वीर

ईलाम । ईलाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । खेत जोतेर फर्कदै गरेको मे.१ त.७४४० नम्बरको ट्याक्टर माई नगरपालिका–१ पालटारमा दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २१ बर्षीय सुजन बिश्वकर्मा र ११ बर्षीय नितेश गिरीको मृत्यु भएको हो ।

त्यस्तै ट्याक्टरमा सवार १९ बर्षीय समिर बिश्वकर्मा घाईते भएका छन् । झापाको बि.एण्ड.सी. अस्पतालमा उनको उपचार भईरहेको छ । खेत जोतेर फर्कदै गरेको ट्याक्टर अनियन्त्रीत भई सडकबाट करिव १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!