Rabin Katel

सुनसरी । ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका र चोरी भएका २० थान मोवाईल फेला पारेर सम्बन्धित मोवायल धनीलाई आईतबार फिर्ता दिएको छ । यसै महिना हराएका वा चोरी भएका करिव ५ लाख ९४ हजार मुल्य बराबरका २० थान मोवायल सेट प्रहरीले फेला पारेर फिर्ता दिएको हो ।

Advertisement

मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनेर उजुरी आउँने गरेको छ । सोही उजुरीका आधारमा खोजतलास गरी मोवायल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्राण्डका करिब ७२ लाख १८ हजार रुपैयाँ बराबरका २ सय ९६ थान मोवायल फेला पारेर सम्बन्धित धनीलाई बुझाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement