
झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ गरेका छन् । दमक नगरपालिका–१ बाट गएराती ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
४९.१ ग्राम लागुऔषध ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ बस्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ का १६ बर्षीय रोहन राई पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।