
मोरङ । मोरङको सुन्दरहरैचामा पैनीमा डुबेर बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–११ का संजय दनुवारका तीन बर्षीय छोरा संजिवको पैनीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै घर अगाडि रहेको पैनीमा आफन्तले उनलाई डुबेको अवस्थामा भेटाएका थिए । उपचारका लागि उनलाई बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।