रबिन कटेल

झापा । झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे.१० प.९८२६ नम्बरको मोटरसाईकल कमल गाउँपालिका–३ केर्खामा दुर्घटना हुँदा झापाका २७ बर्षीय प्रदिप लम्सालको मृत्यु भएको हो ।

Advertisement

शनिवार राती सवा १२ बजे सडकमा उभिरहेको राँगालाई मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक लम्साल घाईते भएका थिए । घाईते लम्साललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सोही मोटरसाईकलमा सवार २६ बर्षीय धर्मेन्द्र सुवेदी घाईते भएका छन् । लाईफ लाइन अस्पताल दमकमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement