गोमा ढुंगाना/संगालोखबर

धनकुटा । नेपाल टेलिकमको सर्भर ह्याक गरी अबैध कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धनकुटामा कार्यरत एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर दिवाकर देउजालाई सिआईबीको टोलीले बुधबार पक्राउ गरेको हो ।

Advertisement

सिआईबीको टोलीले धनकुटाको पाख्रीवास नगरपालिका–५ घर भएका २५ बर्षीय देउजालाई शहरी विकास कार्यालयबाट नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘नेपाल टेलिकमको सर्भर ह्याक भएको उजुरीका आधारमा अनुसन्धान पश्चात सिआईबीको टोली काठमाण्डौंबाट आएको थियो ।’ एसपी अधिकारीले भने,–‘सर्भर ह्याक गरेर अबैध गतिबिधि गरेको आरोपमा सिआईबीको टोलीले कम्प्यूटर अपरेटर देउजालाई कार्यालयबाटै नियन्त्रणमा लिएर काठमाण्डौं लगेको छ ।’

शहरी बिकास कार्यालयमा कार्यरत थप दुई जना कर्मचारीलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरी छोडिएको छ । प्रहरीका अनुसार कम्प्यूटर अपरेटर देउजाले नेपाल टेलिकम केन्द्रिय कार्यालयको सर्बर ह्याक गरी नक्कली एप्लिकेसन बनाएर अबैध कारोबार गर्दै आएका थिए । उनले टेलिकमको डाटा प्याकेज, रिचार्ज अबैध रुपमा बिक्री गरेको आरोप छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!