रबिन कटेल

बेलबारी । मोरङको उत्तरी क्षेत्रका ६ वटा पालिकाले संयुक्त रुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापन गर्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका तथा कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तीन वटा योजना अघि बढाएका हुन् ।

Advertisement

लिभ्रा टेक्नोलोजि कम्पनीसँगको सहकार्यमा फोहोरवाट मोहोर बनाउने, सोलारबाट बिधुत उत्पादन गर्ने र दमकलको व्यवस्थापन सयुक्त रुपमा गर्न लागिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । यी योजना भित्रिएसँगै स्थानीय पालिकाहरुमा ठुलो परिवर्तन आउने विश्वास गरिएको छ ।

लामो समयसम्म फोहोरमैला व्यवस्थापनमा समस्या देखिएपछि संयुक्त रुपमा फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहहरु जुटेका हुन् । त्यस्तै सोलार प्यानलको प्रयोगवाट आफ्नै पालिकामा सौर्य उर्जा उत्पादन गर्ने तथा ६ वटै पालिकाले संयुक्त रुपमा दमकलको पनि व्यवस्थापन गर्ने योजना बनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement