संगालोखबर सम्बाददाता

धनकुटा । बिदेशबाट आएका धनकुटाका तीन पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई र सहिदभूमी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

पीसीआर परीक्षण गर्दा छथर जोरपाटी–३ का ३८ बर्षीय पुरुष, छथर जोरपाटी ६ का ३९ बर्षीय पुरुष र सहिदभूमी–२ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गरी पठाईएका ३२ जनाको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले संगालोखबरलाई जानकारी दिए ।

छथर जोरपाटी–३ का संक्रमित पुरुष कतार र छथर जोरपाटी–६ का पुरुष बहराईनबाट आएका हुन् । असार २३ गते बिदेशबाट आएका उनीहरु छथर जोरपाटी गाउँपालिकाको सामुदायिक भवनमा निर्माण गरिएको क्वारेनटाईनमा थिए । यता, सहिदभूमीका संक्रमित पुरुष असार २४ गते साउदीबाट आएका हुन् । थलथलेस्थित सामुदायिक भवनको क्वारेनटाईनमा रहेका बेला उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

छथरका संक्रमित दुई जनालाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल पठाईएको छ । सहिदभूमीका संक्रमितलाई पनि गोठगाउँनै पठाईने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईँले जानकारी दिए । धनकुटामा हालसम्म ८ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएका आठ जना उपचार पश्चात निको भएका छन् ।

स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएका महालक्ष्मी नगरपालिकाका २७ जनाको पीसीआर परीक्षण रिपोर्ट आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!