संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पोखरीमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । सिचाईका लागि निर्माण गरिएको पोखरीमा डुब्दा चौबिसे–२ की ३२ बर्षीया सरस्वती मगरको मृत्यु भएको हो ।

चौबिसे–२ मा सिचाईका लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा बिहान करिब ९ बजे मगर डुबेकी हुन् । हिड्दै गर्दा चिप्लिएर पोखरीमा खसेकी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

स्थानीयबासीले घटनाको जानकारी गराएपछि मुढेबास प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!