गोमा ढुंगाना/संगालोखबर

धनकुटा । निर्माण व्यवसायीहरुले धनकुटाका दुई सरकारी कार्यालयमा आज तालाबन्दी गरेका छन् । निर्माण सम्पन्न भएका कामको भुक्तानी नदिएको भन्दै व्यवसायीहरुले शहरी बिकास तथा भवन निर्माण कार्यालय र प्रदेश लेखा इकाई कार्यालयमा ताला लगाएका हुन् ।

Advertisement

निर्माण सम्पन्न भएका कामको असार मसान्तभित्र भुक्तानी दिईसक्नुपर्ने भएपनि भुक्तानी रोकेकाले तालाबन्दी गरिएको निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य यज्ञप्रसाद खतिवडाले बताए । ‘उपभोक्ता समितिहरुले गरेका कामको राज्यले धमाधम भुक्तानी दिईरहेको छ । उपभोक्तालाई दिन सक्ने, हामीलाई चाँही नसक्ने ?’ प्रश्न गर्दै उनले भने ‘हामी दोस्रो दर्जाका नागरिक हैनौं । हामीले पनि कोरोनाको जोखिमकाबीच काम गरेका छौ । उपभोक्ता सरह हामीले पनि समान हिसावले भुक्तानी पाउँनुपर्छ भनेर ताला लगाएका हौं ।’

व्यवसायी खतिवडाका अनुसार धनकुटामा काम सम्पन्न भएको करिव २० करोड हाराहारी भुक्तानी निर्माण कम्पनीले पाउँन वाँकी छ । प्रदेश सरकार अन्र्तगत धनकुटाका बिभिन्न कार्यलयहरुबाट प्राप्त हुँने भुक्तानी कोरोनाको कारण देखाउँदै रोकिएको हो । यता, कोरोनाको महामारीका कारण प्रदेश सरकारले थप बजेट नपठाएका कारण भुक्तानी दिन ढिलाई भएको शहरी बिकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचार्यले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!