संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको अर्जुनधारामा खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा अर्जुनधारा–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो ।

बुधवार साँझ साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्किदै गर्दा बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा बस्नेतलाई खोलाले बगाएको हो ।

Advertisement

खोलाले बगाएर बेपत्ता भएका बस्नेतको खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६ सय मिटर तल उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!