संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफूलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ । नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफूलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो ।

Advertisement

कृषकहरुलाई फलफूल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउँन सघाउने उद्धेश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोकाडोका १ हजार ८ सय, आँपका १ हजार ३ सय, लिचिका १ हजार, सुन्तलाका १ हजार र किबीका ६ सय बिरुवा अनुदानमा वितरण गरिएको छ ।

त्यस्तैगरी ड्रागनफ्रुटका ३ सय बिरुवा निःशुल्क प्रदान गरिएको छ । नगरपालिकाले रामेछाप र धनकुटाका बिभिन्न स्थानबाट बिरुवा खरिद गरेर ल्याई कृषकहरुलाई प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!