Rabin Katel
फायल तस्वीर

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिकामा खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ । दिउँसो करिब १२ बजे ढाडे खोलाले बगाउँदा लागिगुँरास–९ की ३६ बर्षीया अञ्जना लिम्बुको मृत्यु भएको हो ।

श्रीमानसँगै जिरिखिम्तीबाट छथरस्थित माईती घर जाँदै गर्दा खोला तर्ने क्रममा अञ्जनालाई खोलाले बगाएको हो । श्रीमानसँगै खोला तर्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । तर, श्रीमान भने खोला तरेर निस्किन सफल भएको प्रहरीले जनाएको छ ।

Advertisement

खोलाले बगाएर बेपत्ता भएकी अञ्जनाको खोजी गर्ने क्रममा दिउँसो सवा ३ बजे उनको शव फेला परेको हो । बगाएको स्थान भन्दा करिब १ किलोमिटर तल खोलाको बिचमा काठमा अल्झिएको अबस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement