गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ बर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय सुनाएर पनि फरार रहेका त्रियुगा नगरपालिका–६ का ३३ बर्षीय देव राईलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले २०७१ साउन १७ गते जबरजस्ती करणी मुद्धामा राईलाई ५ बर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए ।

Advertisement

उनलाई आज बिहान करिब ११ बजे पक्राउ गरेर तोकिएको सजाय भुक्तानका लागि जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement