धनकुटामा बाढीले बगायो गाडी
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवा खोलामा आएको बाढीले गाडी बगाएको छ । धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को.१.ज १५४४ नम्बरको पिकअपलाई मंगलबार राती सिम्सुवा खोलामा आएको बाढीले बगाएको हो ।
ओलुटार–बुधुक सडक खण्डको बीचमा पर्ने सिम्सुवा खोलामा आएको बाढीले पिकअप बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । बाढीले...





























