गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउँन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो ।

Advertisement

बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनका अनुसार अहिले मूख्य बजार क्षेत्रलाई पाँच वटा सीसीटीभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । बजारका अन्य स्थानमा पनि क्यामेरा थप गरिनेछ ।

जीतपुर प्रहरी चौकीबाट सीसीटीभी हेर्ने व्यवस्था मिलाईएकाले प्रहरीले चौकीबाटै बजार क्षेत्रको गतिविधि निगरानी गर्नेछ । महालक्ष्मी नगरपालिकाले नगरका अन्य बजार क्षेत्रमा पनि सीसीटीभी जडान गर्ने योजना बनाएको छ । लेगुवाको राम बजार र चित्रे बजारमा पनि यसै आर्थिक बर्ष सीसीटीभी क्यामेरा जडान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र नेपालले बताए ।

जीतपुर बजारमा पहिलो पटक सीसीटीभी क्यामेरा जडान गरेको नगरपालिकाले बजारीकरण बढ्दै गएका अन्य बजारहरुमा पनि क्यामेरा राखेर सीसीटीभीबाटै बजार क्षेत्रको निगरानी गर्ने व्यवस्था मिलाउँन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement