गोमा ढुंगाना/संगालोखबर
फायल तस्बीर

मोरङ । मोरङको केरावारी गाउँपालिका–७ मा ३ बर्षे बालकको शव कुलोमा भेटिएको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई केरावारीस्थित मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन मृत फेला परेका हुन् ।

घर नजिकै रहेको पानीको कुलोमा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । बिहिवार राती साँढे ९ बजे बालक कुलोमा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement