कुटपिटबाट धरानका युवकको मृत्यु, ३ जना पक्राउ
सुनसरी । सुनसरीको धरानमा कुटपिट गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकका १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरिएको हो ।
गत आइतबार राति उनीमाथि कुटपिट भएको थियो । तीनजनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित न्युरो अस...






























