संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले धनकुटाको भेडेटारमा ‘स्काइ वाक’ संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । कोशी प्रदेशकै अग्रणी पर्यटकीयस्थल मध्येको भेडेटारमा पर्यटकहरुलाई लक्षित गरी स्काइ वाक सञ्चालनमा ल्याइने भएको हो ।

Advertisement

कोशी प्रदेसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा धनकुटालगायत जिल्लामा साना सिँचाइ कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए ।

संघ, प्रदेश, स्थानीय तह, विकास साझेदार निकाय र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा कोशी प्रदेशका धनकुटासहित मध्यपहाडी आठ जिल्लामा साना सिँचाइ कार्यक्रमलाई निरन्तरता दिइने भएको हो ।

धनकुटा, उदयपुर, ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्रथुम, पाँचथर र इलाममा साना सिँचाइ कार्यक्रमलाई निरन्तरता दिँदै कृषक कुलोहरू सुधार गरी वर्षैभरी दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी, सरकारको नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासको क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!