संगालोखबर

उदयपुर । काठमाडौंबाट सुनसरीको इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना भएको छ । सोमबार अपराह्न त्रियुगा नगरपालिका–७ मा उक्त हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

हायसमा चालक र सह–चालकसहित १६ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर र धरान पठाइएको प्रहरीले जनाएको छ ।

अरु सामान्य घाइतेहरु उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!