संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका शिक्षकहरूलाई शिक्षण सामग्री बनाउने तालिम दिइएको छ । विराटनगरस्थित डाइनामिक सपोर्ट ट्रेनिङ इन्स्टिच्युटसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले शिक्षण सामग्री निर्माण कार्यशाला सञ्चालन गरेको हो ।

Advertisement

वाल विकासदेखि कक्षा ३ सम्म अध्यापनरत सहिदभूमि गाउँपालिकाका ४० विद्यालयका एक/एक जना शिक्षकहरू तालिममा सहभागि थिए । विद्यार्थीहरूलाई पढाउँने क्रममा उपयोगी शिक्षण सामग्री बनाउँन उनीहरूलाई तालिम दिइएको हो । तालिममा चित्र, नक्सा, झण्डा, अक्षर, अङ्क लगायत शिक्षण सामग्री बनाउँन सिकाइएको सहिदभूमि गाउँपालिकाका शिक्षा अधिकृत मनोजकुमार पौडेलले जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालित तालिम सोमबार समापन भएको छ । तालिम समापनका अवसरमा बोल्दै सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले शिक्षण सामग्री प्रयोग गरेर पढाउँदा सिकाइ प्रभावकारी हुने भएकाले तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर शिक्षण कर्मलाई प्रभावकारी बनाउँन शिक्षकहरूलाई सुझाव दिए ।

तालिममा शिक्षकहरूलाई डाइनामिक सपोर्ट ट्रेनिङ इन्स्टिच्युटका प्रशिक्षकद्वय कोपिला ढकाल र अञ्जु रेग्मी तथा व्यवस्थापक दिपेन्द्र ओझाले शिक्षण सामग्री बनाउने सीप सिकाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!