इलाममा सौतेनी आमाको हत्या

इलाममा सौतेनी आमाको हत्या

इलाम । इलामको माई नगरपालिका–२ दिपु डाँडामा एक युवकले सौतेनी आमाको हत्या गरेका छन् । मदिरा सेवन गरेर घर पुगेका स्थानीय २१ वर्षीय सन्देश दियालीले ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवासको गएराति हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा उनले सौतेनी आमालाई बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारले खवासको दाहिने हात छिनिएको साथै टाउकामा गहिरो चोट ला...
भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । बालाङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।...
इलाममा फराकिलो मतान्तरसहित अग्रता बढाउँदै एमालेका सुहाङ

इलाममा फराकिलो मतान्तरसहित अग्रता बढाउँदै एमालेका सुहाङ

इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि देखिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार १८ हजार ९४८ मत गन्दा नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका छन् । उनले ७ हजार ६७७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत ल्य...
धनकुटामा २६ वर्षीया युवती मृत फेला

धनकुटामा २६ वर्षीया युवती मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-७ की प्रज्ञा बारकोटी श्रेष्ठ मृत फेला परेकी छन् । बसपार्क नजिक माइती घरमा बस्दै आएकी २६ वर्षीया श्रेष्ठ आइतबार साँझ घरमै मृत फेला परेकी हुन् । माइती घरको माथिल्लो तलाको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको स्थानीय सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । उनका बुवा तुलसी बारकोटीले मदनचोकमा पुस्तक पसल सञ्चालन गर्दै आएका छन् । दिउँसो बुबाले पसल जाउ भन्दा नमानेर घ...
आर्थिक विकासका लागि स्थिर सरकार आवश्यक : कोइराला

आर्थिक विकासका लागि स्थिर सरकार आवश्यक : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो...
विराटनगरमा टी–१० च्याम्पियनसीप क्रिकेट हुने

विराटनगरमा टी–१० च्याम्पियनसीप क्रिकेट हुने

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आगामी जेठ १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टिमको चाँडै टुङ्गो लगाउने जना...
‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’

‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ की अञ्जिराकुमारी पोद्दारले जग्गाको विषयलाई लिएर केही व्यक्तिले दैनिक धम्क्याइरहेको बताएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो परिवारलाई दैनिक धम्की आइरहेको बताएकी हुन् । उनको परिवार ऐलानी जग्गामा बसोबास गरिरहेको छ । २०३६ सालदेखि बसोबास गरिरहेको तर केही व्यक्तिले उक्त जग्गा आफ्नो नाममा रहेको भन्दै खाली गर्न बारम्बार धम्क्याइरहेको उनले बताइन् ...
इलाम : ५ जना उम्मेदवारलाई शून्य मत

इलाम : ५ जना उम्मेदवारलाई शून्य मत

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रारम्भिक चरणको मतगणना परिमाण घोषणा हुँदा पाँचजना उम्मेदवारले एउटा पनि मत पाएनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ हजार ५२१ मत गणना हुँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीतबहादुर राईसहित पाँचजना उम्मेदवारले शून्य मत पाएका हुन् । अन्य उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम ...
इलाममा मतगणना सुरू

इलाममा मतगणना सुरू

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना मध्याह्नबाट सुरु गरिएको छ । मतगणना सुरु गर्ने क्रममा उक्त क्षेत्रको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतपेटिका खोलेर व्यवस्थापन गरिएको छ । फाकफोकथुममा २४ मतदान केन्द्र थिए । १६ हजार ३०२ मतदाता रहेको उक्त पालिकामा ९ हजार ६०४ मत खसेको थियो । उक्त पालिकाको गणनापछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मतगणना गर्ने तयारी रहेको मुख्य न...
विराटनगरमा निजी सवारी चालक इकाइको नयाँ समिति

विराटनगरमा निजी सवारी चालक इकाइको नयाँ समिति

विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङअन्तर्गत निजी सवारी चालक इकाइको नयाँ समिति चयन गरिएको छ । इकाइको दोस्रो अधिवेशनले धमेन्द्र पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीका उपाध्यक्षमा ज्योति कामत डोमी, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा धीरेन लामा चयन भएका छन् । इकाइका वरिष्ठ सल्लाहकारमा विमल क्षत्री तथा सल्लाहकारमा राजेश बोहरा र दिलिप राजवंशी चुनिए...
इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

विराटनगर । इलाम क्षेत्र नं.–२ उपनिर्वाचनको मतगणनाका विषयमा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वार, निर्वाचनका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् । बैठकले मतगणनाको समय टुंगो लगाउँनेछ । इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचनका लागि हिजो मतदान भएको हो । निर्वाचन आयोगका अनुसार १ लाख १५ हजार ८८९ मत...
इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम । इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ न...
विराटनगरमा २७ जनाद्वारा रक्तदान

विराटनगरमा २७ जनाद्वारा रक्तदान

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । दुई महिने संगठन सुदृढीकरण अभियान उद्घाटन र १३५औं श्रमिक दिवसको अवसरमा महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, केन्द्रीय सदस्य भोगेन्द्र यादव, केन्द्रीय सदस्य हेक कार्की, नेताहरू राजेन्द्र मण्डल, उपेन्द्र राय लगायतक...
जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय

जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको विराटनगर महानगर कमिटी गठन भएको छ । जिफन्ट कोशी प्रदेश युवा कमिटीको आयोजनामा भएको विराटनगर महानगर कमिटीको प्रथम भेलाले १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटी अध्यक्षमा रमेशकुमार राय, उपाध्यक्षमा सिर्जना लिम्बू, सचिवमा सोफिया केसी, सह-सचिवमा श्याम मण्डल चयन भएका छन् । सदस्यहरूमा जेसिका विश्वकर्मा, दिलिपकुमार मेहता, भोलाकुमार तबदार, दिनेशकुमार उराव, सञ...
एपीएफले जित्यो मिल्स गोल्डकपको उपाधि

एपीएफले जित्यो मिल्स गोल्डकपको उपाधि

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । पेमा युवा क्लबको...
इलाममा आजै मतगणना थालिने

इलाममा आजै मतगणना थालिने

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा आज भएको उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ । सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन कार्यालयले आजै बेलुकादेखि मतगणना थाल्ने तयारी गरेको हो । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेका अनुसार मुचुल्का गरेर मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतपेटिकाहरु संकलन भएर आवश्यक प्रक्रिया पूरा गरेपछि आजैदेखि मतगणना ...
रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन

रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन

इलाम । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उनी आफ्नो दलको चुनाव चिह्न भएको ‘ब्याज’ लगाएर शनिबार भएको मतदानमा सहभागी भएका थिए । त्यसको तस्बिर सार्वजनिक भएपछि उनले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो । उम्मेद...
गोग्राहामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

गोग्राहामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिमको आज उद्घाटन गरिएको हो । समय र परिस्थितिअनुसार क्षमता विकास कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरेर तालिम आयोजना गरिएको क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बताए । ...
ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

इलाम । इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको भन्दै स्थानीय प्रशासनले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन सुरक्षाका लागि विशेष व्यवस्था अपनाइएको भन्दै निर्भयका साथ मतदान...
इलाम-२ : उत्साहजनक रूपमा मतदान सुरू

इलाम-२ : उत्साहजनक रूपमा मतदान सुरू

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ को निर्वाचनमा मतदान कार्य सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि निर्धारित समयअघि नै मतदाताहरु केन्द्रमा पुगेका थिए । विभिन्न मतदानस्थलमा रहेका केन्द्रहरुमा मतदान गर्ने कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले पनि प्रा...
इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम र बझाङमा आज उपनिर्वाचन

विराटनगर । इलाम क्षेत्र नं.–२ र बझाङ क्षेत्र नं.–१ (क) मा आज उपनिर्वाचन हुदैछ ।     इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । १ लाख १६ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रति...
उपनिर्वाचनः मतदान केन्द्रको व्यवस्थापन धमाधम

उपनिर्वाचनः मतदान केन्द्रको व्यवस्थापन धमाधम

इलाम । भोलि शनिबार हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठक गरेपछि मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइएको जनाइएको छ । इलाम क्षेत्र नम्बर २ मा...
विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

काठमाडौं । रोजगारीका लागि स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले धनकुटा र दमकका दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिएर आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ...
पाख्रीबासको होटलमा आगलागी

पाख्रीबासको होटलमा आगलागी

धनकुटा । धनकुटाको पाख्रीबासमा रहेको एक होटलमा आगलागी भएको छ । बुधबार विहान सब्जी पकाउने कराईको तेलबाट आगो सल्किएर होटलमा आगलागी भएको प्रहरीले जनाएको छ । पाख्रीबास नगरपालिका–४ स्थित रिनटिन डाँडा छेउमा रहेको स्टाफ होटलमा आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । होटल पूर्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जान...
धनकुटामा सुमो गाडी दुर्घटना

धनकुटामा सुमो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोक्लेण्डटापु नजिक सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सङ्खुवासभाको मुढे शनिश्चरेबाट धरान जाँदै गरेको को १ ज २३३८ नम्बरको सुमो आज बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी झापाको बिर्तामोड–७ की खड्गमाया कार्की, युवराज कार्की, सङ्खुवासभाको धर्मदेवी–१ की सुनिता खड्का, सरिता खड्का, सुशीला खड्का, दीक्षा कार्की, इटहरी–४ का गगन चौलागाईं र ईश्वर चौल...
धनकुटामा मध्यराति जलाइयो मोटरसाइकल

धनकुटामा मध्यराति जलाइयो मोटरसाइकल

धनकुटा । धनकुटामा गएराती मोटरसाइकलमा आगजनी गरिएको छ । धनकुटा-७ जिरोप्वाइन्टस्थित पार्किङ स्थलमा राखिएको को ९ प ७७०५ नम्बरको २२० सीसीको एभेन्जर मोटरसाइकलमा आगो लगाइएको हो । घर नजिक रहेको पार्किङ स्थलमा राखेका बेला राती केही युवाहरूले मोटरसाइकलमा आगो लगाएर भागेको मोटरसाइकल धनी समिर उराउले जानकारी दिए । ‘हामीले जिरोप्वाइन्टमा मोटरसाइकल पार्किङ गर्ने बेग्लै ठाउँ बनाएका छौं, बेलुका त्यही मोटरसाइकल र...
संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् । गएराती सम्पन्न आठौं जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान उपाध्यक्ष राईले ३३९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी दंगालले १८७ मत पाएका छन् । उपाध्यक्षमा ३९५ मतसहित कुमार आचार्य निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उप...
सुनसरीको भुटाहामा झडप भएपछि स्थिति तनावपूर्ण, प्रहरीद्वारा हवाई फायर

सुनसरीको भुटाहामा झडप भएपछि स्थिति तनावपूर्ण, प्रहरीद्वारा हवाई फायर

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहामा दुई समुहबीच झडप भएपछि स्थिति तनावपूर्ण भएको छ । झडपमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । स्थानीय युवकलाई निर्घात कुटपिट गरिएको विषयलाई लिएर दुई समूहवीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र ११ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनाले उग्ररूप लिने देखिएपछि प्रशासनले सो क्षेत्र...
तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४६ वर्षीय दीपक लिम्बुले घरायसी विवादका क्रममा ५४ वर्षीया श्रीमती सुवासकुमारी लिम्बुको हत्या गरेका हुन् । सोमबार साँझ करिब ७ बजे दिपकले श्रीमती सुवासकुमारीलाई सिकल प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प...
संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले...
error: Content is protected !!