राष्ट्रिय डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम, ओखलढुंगा द्वितीय
सुनसरी । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । प्रतियोगिताको सिंगल बिधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् ।
यसैगरी, ३ मिनेट १२ सेकेन्डमा नदी वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय स्थान हासिल गरेका छन् । ३ मिनेट १६ सेकेन्डमा नदी वारपार ग...





























