धनकुटाका दलित समुदायको गुनासोः राज्यले परम्परागत पेशा संरक्षणमा ध्यान दिएन
धनकुटा । परम्परागत पेशा संरक्षणमा राज्यले ध्यान दिन नसकेको धनकुटाको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् । परम्परागत पेशा संरक्षणमा ध्यान नदिंदा कतिपय स्थानीय उद्योगकरु प्रभावित भएको पनि उनीहरुले बताए ।
दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवं दलि...































