सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा नीति तथा कार्यक्रम पेश गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, आर्थिक सबलीकरणका लागि कृषक आत्मनिर्भर कार्यक्रम...




























