सर्लाही । सर्लाहीको बलरा नगरपालिका-९ मा बसको ठक्करबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ । ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो ।
गएराती करिब ९ बजे बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको बसले तुलाधरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । उपचारका क्रममा राती करिब १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनियन्त्रित भएको बस तुलाधरलाई ठक्कर दिएर सडकमै पल्टिएको छ । घटनापछि बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।