बिजुली खम्बामा साइकल ठोक्किएर मोरङको बेलबारीमा वृद्धको मृत्यु
विराटनगर । बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोरङको बेलबारीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ मा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट सोमबार साँझ हिँडेका उनी नफर्किएपछि खोजी गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खोजीका क्रममा पुरी घरनजिकै मंगलबार बिहान मृत अवस्थामा फेला पर...































