संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ बौरहामा प्रदेश स्तरीय बसपार्क निर्माण हुने भएको छ । १७ बिगाहा ऐलानी जग्गामा निर्माण हुने बसपार्कको डिपिआर सार्वजनिक भएको छ ।

Advertisement

‘बुढीखोला किनारमा निर्माण हुने बसपार्कको डिपिआर तयार भएको छ’, बुढीगंगा-२ का वडाध्यक्ष रेवती नारायण चौधरीले संगालोखबरसँग भने, ‘अबको दुई महिना पछि काम सुरु हुने भन्ने कुरा छ ।’

एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको बसपार्कको पहिलो चरणमा सामाजिक परीक्षणको काम सम्पन्न भएको चौधरीको भनाइ छ । जग्गा यकिन गर्ने काम पनि सकिएको उनले जानकारी दिए ।

उनले भने, ‘यही महिनाबाट काम सुरु हुने कुरा थियो । तर केही प्राविधिक कारणले दुई महिना पछाडि धकेलिएको छ ।’ कति लागतमा बसपार्क निर्माण हुने र कहिलेसम्ममा काम सकिने भन्ने कुरा खुल्न बाँकी रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!