
विराटनगर । नेपाली बजारमा आज एकैदिन सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार तीन सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला दुई सय ६५ रुपैयाँ बढेर तीन हजार नौ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 






















