मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । सब डिभिजन कार्यालयका अनुसार बुधबार बिहान स्थानीय बासिन्दाको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको हो ।
छावाको कसरी मृत्यु भएको भन्ने खुलेको छैन । सुँड छेउमा सामान्य चोट देखिएको वन कार्यालयले जनाएको छ । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ प्राविधिकको टोली आएर अध्ययन गरेपछि विस्तृत कुरा थाहा हुने...































