सुजन ढकाल


ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका तीन सय ६६ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पालिकाले प्रत्येक वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधी वितरण गरेको हो ।

सूचना अधिकारी जितेन लिम्बूका अनुसार शिविरमा सात जनालाई रातो, ३९ जनालाई निलो, २१ जनालाई पहेँलो र ३४ जनालाई सेतो गरेर एक सय एक जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ ।

Advertisement

प्रदेश सरकार, मेरिङदेन गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!