संगालोखबर

विराटनगर । विराटनगर-३ स्थित विराट धर्मशाला सङ्ग्रहालय एवं पुस्तकालयले जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसरमा नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । 

Advertisement

आज आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो ।  कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएका थिए ।

पढाइमा अब्बल उनीहरूलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईंले जानकारी दिए । 

विराटनगरका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत र आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले सम्मानपत्र र जनही पाँच/पाँच हजार छात्रवृत्ति प्रदान गरेका थिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!